युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण अन्तर्गतको सातौँ खेलमा कर्णाली याक्सले उत्कृष्ट जित निकाल्दै प्रतियोगितामा पहिलो विजय दर्ता गरेको छ। लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्दै कर्णालीले महत्त्वपूर्ण अंक जोडेको हो।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर १५७ रनको लक्ष्य पाएको कर्णालीले १२.२ ओभरमै १ wicket गुमाएर सहजै लक्ष्य पूरा गर्यो।

कर्णालीका मार्क वाट उत्कृष्ट फर्ममा रहे। उनले ४४ बलमा ११४ अविजित रन प्रहार गर्दै टोलीलाई विजयी मार्ग देखाए। वाटको पारीमा ६ चौका र १२ छक्का समावेश थिए। विलियम बासिस्टोले पनि २९ अविजित रन जोड्दै दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरे।

कर्णालीले पहिलो विकेटको रूपमा प्रियांक पञ्चाललाई गुमाएको थियो। उनले १२ रन बनाएका थिए।

लुम्बिनीका शेर मल्लले मात्र एक विकेट लिन सके।

यसअघि, टस हारेर ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटका क्षतिमा १५६ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ४९ रनको पारी खेले। डार्सी सर्टले १९, जे जे स्मिथले २३, र रुबिन ट्रम्पलमेनले २९ रन जोडे।

कर्णालीका नन्दन यादवले २ विकेट लिए भने सोमपाल कामी, विलियम बासिस्टो, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक–एक विकेट हात पारे।

कर्णालीले पहिलो खेलमा चितवनसँग हार बेहोरेको थियो। लुम्बिनी भने पहिलो खेलमा चितवनलाई पराजित गरेको थियो।

आजको दोस्रो खेलमा काठमान्डु गोर्खाज र विराटनगर किङ्स आमनेसामने हुँदैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय