सिलगढी /मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर कुनै उल्लेखनीय मौसमी प्रणाली सक्रिय नभए पनि पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ।
कोशी र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी–हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य भूभागमा मौसम मुख्यतया सफा रहनेछ। साथै कोशी र गण्डकीका हिमाली भागमा हल्का वर्षा–हिमपातको सम्भावना कायम रहनेछ।
राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी क्षेत्रमा मौसम सफा रहने महाशाखाले जनाएको छ।











