सिलगढी,
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै ठूलो मौसम प्रणाली सक्रिय नभएको जानकारी दिएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानहरूमा मौसम प्रायः सफैँ रहने अनुमान छ।
कोशी प्रदेशका उच्च हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना भने जारी छ।
महाशाखाले आज राति पनि कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का बादल देखिन सक्ने तर देशका अन्य भागमा मौसम सामान्य रहने जनाएको छ।
काठमाडौँ उपत्यकामा आज अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियस को आसपास रहने अनुमान छ।
आज बिहान ५:४५ बजे मापन गरिएको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेको थियो।











