युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं,नेपाली प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा काठमान्डू गोर्खाजले उत्कृष्ट सुरुआत गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा काठमान्डूले गत संस्करणको विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गर्‍यो।

जनकपुरले प्रस्तुत गरेको १३१ रनको लक्ष्य काठमान्डूले १८ ओभरमै पाँच विकेट गुमाउँदै पार गर्‍यो। यससँगै पहिलो संस्करणमा जनकपुरसँग भोगेको पराजयको बदला लिँदै काठमान्डूले अंकतालिकामा २ अंक जोड्यो।

काठमान्डूका लागि बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रनको द्रुत खेल खेले। २३ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै उनले टोलीलाई जितको आधार बनाइदिए। ओपनर आकाश त्रिपाठीसँग उनले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे। आकाशले ३९ रन जोड्दा काठमान्डूले सुरुवाती चरणमै खेल नियन्त्रणमा लिएको थियो।
भीम सार्की ३ रनमा, जबकि मिलिन्द कुमार १९ रनमा आउट भए।

जनकपुरतर्फ ललितनारायण राजवंशी र जोन निकोल लोफ्टी–इटनले एक–एक विकेट लिएका थिए।

जनकपुरको इनिङ्स

टस गुमेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३० रन बनाएको थियो। टोलीका ओपनर आसिफ शेखले ५४ रनको पारी खेल्दै दोस्रो संस्करणको पहिलो अर्धशतकका मालिक बने। ६ चौका र १ छक्का समावेश रहेको उनको प्रदर्शना उत्कृष्ट भए पनि मध्यक्रमले साथ नदिँदा जनकपुर दबाबमा परेको थियो।

पछिल्लो क्रममा मयन यादवले ३४ रनको योगदान दिएर स्कोर उकासे। काठमान्डूका बलर मिलिन्द कुमारले प्रभावकारी प्रदर्शन गर्दै ४ ओभरमा मात्र १५ रन खर्चेर महत्वपूर्ण ३ विकेट झारे। शहाब आलम र सन्तोष यादवले एक–एक विकेट लिन सफल भए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय