कर्ण चन्द , डोटी / जिल्ला प्रशासन कार्यालय डोटीमा खरिदार पदमा कार्यरत तेजबहादुर खड्का जनसेवा श्री (पञ्चम) पदक बाट सम्मानित भएका छन् ।
राष्ट्रिय जीवनका कुनैपनि क्षेत्रमा प्रशंसनीय काम गर्ने ब्यक्तीलाई सरकारले संबिधान दिवसको अबसर पारेर जनसेवा श्री पुरस्कार प्रदान गर्र्र्दै आएको छ । ३१ बर्ष देखी जिल्ला प्रशासन कार्यालय डोटीमा निरन्तर कार्यरत खड्कालाई सरकारले यस बर्ष जनसेवा श्री प्रदान गरेको हो । जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नं. ७ उडीतोला निवासी खड्का स्वच्छ छवीको कर्मचारीको रुपमा चिनिन्छन् ।
३ दशक भन्दा लामो समय जिल्ला प्रशासन कार्यालय डोटीमा सेवा गरेका खड्का प्रशासनिक रुपमा जानकार ब्यक्तीका रुपमा परिचित छन । लामो समय सोहि कार्यालयका निरन्तर सेवा गर्दै आएका खड्का सो कार्यलयका बारेमा धेरै जानकार भएका कारण पनि उनलाई जिल्लाबासीले कान्छो सिडियोको उपमा दिएका छन् । २०४३ सालमा सेवा प्रबेश गरेका खड्का निरन्तर एउटै कार्यालय एउटै फाँटमा काम गर्दै आएका छन ।
आज राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ५९४ जना ब्यक्तीहरुलाई विभूषण प्रदान गरेकि छिन् ।