युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बाजुरा, कात्तिक २८ ।
बाजुराका धेरै गाउँ–बस्ती पछिल्ला वर्षहरूमा तीव्र गतिमा रित्तिँदै गइरहेका छन्। स्थानीय स्तरमा रोजगारीको अवसर न्यून हुँदै जाँदा कामको खोजीमा भारततर्फ जाने क्रम बढेकै कारण गाउँहरू सुनसान बन्दै गएको हो।

बुढीगङ्गाका श्याम विक अहिले पनि पेट पाल्न भारतमै जाने तयारीमा छन्। पहिलेदेखि नै भारतको मजदुरीमा भर पर्नुपर्ने बाध्यता झन् कडा बन्दै गएको उनी बताउँछन्।
“पढेलेखेकै लागि काम छैन, त के हामी जस्ता नपढेकालाई काम मिल्थ्यो र?” विक भन्छन्, “बुवाले पनि भारतकै भरमा घर चलाउनुभयो, अहिले म पनि त्यही बाटो पछ्याइरहेको छु।”

पहिले खेतीपातीका बेला चैत–वैशाख र असार–साउनतिर गाउँ फर्केर काम गर्ने परम्परा थियो। तर अहिले अधिकांश घरधुरी चाडपर्व बाहेक वर्षभरि विदेशिएको जस्तै सुनसान देखिन थालेका छन्।

स्थानीयहरूका अनुसार खेतीयोग्य जमिन प्रशस्त भए पनि सिँचाइ अभाव, सरकारी ध्यान नपुगेको, र गाउँमै रोजगारी सिर्जना नहुनु हेर्ने प्रमुख समस्याहरू हुन्। खेती गर्ने वातावरण नहुँदा र भरपर्दो आयस्रोत नपाएपछि धेरै युवाहरू भारतको रोजगारीमा निर्भर बन्न बाध्य भएका छन्।

बाजुराका विभिन्न स्थानीय तह—बुढीगङ्गा, त्रिवेणी, गौमुल, खप्तड छेडेदह, हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुडीनन्दा र बडीमालिका—का धेरै बस्ती अहिले आधाभन्दा बढी खाली हुने अवस्थामा पुगेका छन्।

वडाअध्यक्ष रणबहादुर थापाका अनुसार गाउँका विकास निर्माणका काममा पनि ठेक्का प्रणालीले स्थानीयलाई काम नदिई अन्य ठाउँका कामदार ल्याउने चलनले बेरोजगारी अझ बढाएको छ।
“युवालाई गाउँमै सम्हाल्ने पर्याप्त रोजगारीको व्यवस्था हुन सकेन,” थापा भन्छन्, “त्यसैले उनीहरू बाध्य भएर कामको खोजीमा भारत हिँड्छन्।”

२०७८ को जनगणनाअनुसार बाजुरामा २८ हजार ६४ घरधुरी र एक लाख ३८ हजार ५२३ जनसंख्या रहेको छ। तर तथ्यांकभन्दा धेरै मानिस रोजगारीका लागि भारतमा रहेको अनुमान स्थानीय स्तरबाट गरिन्छ।

सिंचाइ, स्थानीय रोजगार र कृषि प्रवर्द्धनमा सरकारी निकायले प्रभावकारी पहल नगरेसम्म बाजुराका गाउँ भविष्यमा अझ खाली हुने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय