
काठमाण्डौ / संविधान दिवस २०७७ को अवसरमा राष्ट्रलाई विभिन्न क्षेत्रबाट योगदान पुर्याउने ५ सय ९४ जना व्यक्तिहरुलाई गृहमन्त्रालयले मानपदवी, अलङ्कार र पदकद्वारा सम्मानित गरेको छ ।
यो वर्ष सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) स्वास्थ्य क्षेत्रबाट योगदान पुर्याउने चिकित्सक डा. सन्दुक रुइटलाई प्रदान गरिएको छ । त्यस्तै सुप्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) बाट न्यायाधीश दीपकुमार कार्की, पूर्वप्रमुख आयुक्त नवीन कुमार घिमिरे, प्रधान सेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल सम्मानित भएका छन् ।
यस्तै, सुकीर्तिमय राष्ट्रदीप (तृतीय) बाट वनस्पतीविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ, आयुक्त डा. गणेशराज जोशी, मुख्य अनुसन्धान निर्देशक गणेश प्रसाद अधिकारी, सचिव केदार बहादुर अधिकारी, नापी विज्ञ बुद्धि नारायण श्रेष्ठ, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. र रामशरण पौडेल सहित ७ जनालाई सम्मानित गरिएको छ ।