डोटी, कार्तिक २३ । डोटीको दिपायल सिलगढी नगरपालिका–४, पिपल्ला बजारमा ट्याक्टरको ठक्करबाट एक युवक घाइते भएका छन्।
ट्याक्टरकाे ठक्करबाट घाइते हुनेमा आदर्श गाउँपालिका–५ लामिखालका २३ वर्षीय नविन थापा रहेका छन् । प्रहरीकाअनुसार थापाको दाहिने खुट्टाको गोलीगाँठोमा चोट लागेको र उपचारका लागि शैलेश्वरी अस्पताल, दिपायल पठाइएको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो करिब ३ः५० बजे पिपल्ला गाउँबाट दिपायलतर्फ जाँदै गरेको सु.प.प्र. ०१००२ त ४६९६ नम्बरको ट्याक्टरले सडकमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
प्रहरीका अनुसार ट्याक्टर चालक कैलाली धनगढी उपमहानगरपालिका–१८ नक्कलीपुरका २६ वर्षीय सुनिल बम हुन्।
ट्याक्टर र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।











