काठमाण्डौ / नेपालमा पहिलो पटक रेकर्ड तोडिएको छ । शुक्रबार एकै दिनमा मुलुक भरमा २ हजार २० जनालाई एकै दिन कोरोना संक्रमण भएको छ । यो अहिले सम्मकै सबै भन्दा बढी संख्या हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको नमुनाहरु परिक्षण गर्दा २ हजार २० जनामा कोरोनाको संक्रमण देखिएको बताए ।
यो सँगै नेपालमा कोरोना भाईसरको संक्रमण हुनेको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै डिस्चार्ज भई घर जानेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।