युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा जम्मा १ प्रतिशत पुँजीगत खर्च मात्र गर्न सकेको छ।
मन्त्रालयहरूले समयमै कार्यविधि र आवश्यक प्रक्रिया पूरा गर्न नसक्दा विकास योजना कागजमै सीमित बनेको हो।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म प्रदेश सरकारको पुँजीगत खर्च १९ करोड ८० लाख २९ हजार ८२५ रुपैयाँ मात्र पुगेको छ।
यो रकममध्ये पनि ठूलो हिस्सा गत आर्थिक वर्षका अपुरो कामको भुक्तानी रहेको छ।

चालुतर्फ भने १ अर्ब १८ करोड ७८ लाख २९ हजार ६७५ रुपैयाँ (करिब ९ प्रतिशत) खर्च भएको कार्यालयले जनाएको छ।
सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ १३ अर्ब ५२ करोड ६१ लाख र पुँजीगततर्फ १९ अर्ब ८२ करोड ५२ लाख ६ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।
यसअनुसार तीन महिनाको कुल खर्च ४ प्रतिशत (१ अर्ब ३८ करोड ५८ लाख ५९ हजार ५०० रुपैयाँ) मात्रै रहेको छ।

सबैभन्दा ठूलो बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च दर सबैभन्दा कम देखिएको छ।
१५ अर्ब ३२ करोड १७ हजारको बजेट पाएको उक्त मन्त्रालयले हालसम्म २५ करोड १ लाख २१ हजार ४४० रुपैयाँ (१.६३ प्रतिशत) मात्र खर्च गरेको छ।
मन्त्रालयका निमित्त सचिव मोहन कुँवरका अनुसार अधिकांश योजना नयाँ भएकाले अध्ययन र तयारीमा समय लागेको कारण खर्च कम भएको हो।

दोस्रो सबैभन्दा ठूलो बजेट पाएको सामाजिक विकास मन्त्रालयले ६ अर्ब ९४ करोड ५५ हजारको बजेटमध्ये ४७ करोड ९२ लाख ९ हजार (६.९० प्रतिशत) खर्च गरेको छ।
तीन महिनाको अवधिमा मन्त्रालयको चालु खर्च ११.४६ प्रतिशत र पुँजीगत खर्च ०.५९ प्रतिशत मात्र रहेको छ।

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ३ अर्ब २९ करोड ७० लाखको बजेटमध्ये ३.३४ प्रतिशत मात्रै खर्च गरेको छ।
विकासमुखी मन्त्रालयहरूमध्ये सबैभन्दा बढी खर्च उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको छ —
२ अर्ब ३३ करोड ४० लाख ९४ हजारको बजेटमध्ये १५ करोड ३३ लाख ९६ हजार ९४८ रुपैयाँ (६.५७ प्रतिशत) खर्च गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय