डोटी / डोटी जिल्लामा शुक्रबार थप एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
थप एक जनामा कोरोना संक्रमण देखिए संगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४७ पुगेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताएका छन् ।
जिल्लाको जोरायल गाँउपालिका बडा नं. १ का २४ बर्षिया पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको हो । यो संगै जिल्लामा संक्रिय संक्रमितहरुको संख्या १ सय १४ पुगेको स्वास्थ्य प्रमुख मलासीले बताएका छन् । डडेल्धुरा प्रयोगशालामा भएको परिक्षणका क्रममा उनीमा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।