सिलगढी /पश्चिमी वायुको सक्रियता र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आज देशभर आकाश सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी आजको बुलेटिनअनुसार दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। त्यसैगरी, बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका कतिपय ठाउँमा समेत मध्यम वर्षा वा हिमपात हुने पूर्वानुमान गरिएको छ। तराईका एक–दुई स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावनासमेत रहेको विभागले उल्लेख गरेको छ।
बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा भारी हिमपात र वर्षाको जोखिम रहेको चेतावनी महाशाखाले दिएको छ।
आज राति पनि देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी प्रदेशका केही स्थान तथा बागमती, लुम्बिनी र कर्णालीका पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा वा हिमपातको सम्भावना जारी छ।











