सिलगढी,
डोटीमा आज (आइतबार) बिहानदेखि अवरुद्ध भएको विद्युत सेवा करिब तीन घण्टापछि पुनः सुचारु भएको छ।
विद्युत वितरण केन्द्र दिपायलका अनुसार बिहान ७:१५ बजे अवरुद्ध भएको लाइन १०:३३ बजे पूर्ण रूपमा संचालनमा आएको हो। जिल्लाभर विद्युत आपूर्ति गर्ने ट्रान्सफर्मरमा अचानक समस्या उत्पन्न भएपछि आपूर्ति अवरुद्ध भएको वितरण केन्द्रले जनाएको छ।
ट्रान्सफर्मरमा विहानै समस्या देखिए पनि मर्मतको काम पूरा गर्न समय लागेकाले विद्युत सेवा ढिलो पुनःस्थापित भएको कार्यालय प्रमुख शिवशंकर शाहीले सुप अन्लाईनलाई जानकारी दिए।











