कञ्चनपुर – कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–४ कालिका टोलस्थित एक निर्माणाधीन घरबाट तास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार राति पक्राउ परेका मध्ये दोधारा–चाँदनी–२ का ५४ वर्षीय खडक नेपालीसहित १२ जनालाई इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको साथबाट १८ हजार एक सय ५० रुपैयाँ नगद र दुई गड्डी तास पनि बरामद गरिएको छ।
प्रहरीले उनीहरूविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।











