बझाङ, असोज २५
बझाङ जिल्लामा गएराति मध्यरातमा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, राति करिब १ बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रबिन्दु बझाङकै दान्तोला क्षेत्रलाई तोकिएको छ। भूकम्प गएपछि स्थानीयबासीहरू डराए र धेरैजना घर बाहिर निस्किएका स्थानीय स्राेतले जनाएको छ । कम्पनको प्रभाव बझाङसँग जोडिएका डाेटी लगायत नजिकका अन्जिय जिल्लामा पनि धक्का महसुस भएको बताइन्छ।
हालसम्म भूकम्पका कारण कुनै भौतिक वा मानवीय क्षतिको रिपोर्ट प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
भूकम्पको धक्का राति गएको हुनाले प्रारम्भिक क्षति विवरण संकलनको काम भइरहेको जनाइएको छ ।











