
डोटी — असोज २८
डोटीको बडिकेदार गाउँपालिका–३ देवलस्थित भित्री कच्ची सडक खण्डमा गएराति बोलेरो जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा जीपमा सवार साेही ठाउँ देवलकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
जीपमा चालकसहित ९ जना यात्रु सवार रहेका मध्ये अन्य सबै जना सकुशल रहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका–८, मैनापोखरीका २७ वर्षीय सरोज बि.क.ले चलाएको सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जीप कैलाली सुखडबाट देवलतर्फ जाँदै गर्दा बिहान करिब १ः३० बजे सापट भाँचिएर सडकमा पल्टिँदा दुर्घटना भएको हो।
घटनापछि प्रहरी सहायक निरीक्षक पदमराज भट्टको कमाण्डमा ४ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ।