युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, असोज २५ — डोटीको जोरायल गाउँपालिका–१, गोल्डेनस्थित भिमदत्त राजमार्गमा शनिबार बिहान करिब ५ः३५ बजे यात्रुवाहक हाइस् दुर्घटना हुँदा एक जनाको मृत्यु र १८ जना घाइते भएका छन्।

उक्त दुर्घटनाका परी अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

त्यस्तै गम्भीर घाइते हुनेमा अछाम जिल्लाकाे मङ्गलसेन नगरपालिका ९ का क्रमश:  १८ वर्षीय लोकेन्द्र रावल, साेही ठाउँका १६ वर्षीय एकेन्द्र बि.क., ३५ वर्षीय मोतिकला परियार, जनक परियारको छोरा ११ वर्षीय बिराज परियार, ५३ वर्षीय भिम ब. ढोली, ११ वर्षीय शृष्टी परियार, १९ वर्षीय बिनोद परियार, ३० वर्षीय मनसरी परियार रहेकी छन् । उल्लेखित घाइतेहरूकाे अवस्था गम्भीर रहेकाे प्रहरी जनाएको छ ।

त्यस्तै अन्य घाइते हुनेमा मगलशेन ९ का क्रमशः ४२ वर्षीय मेघ्या ढोली, ५ वर्षिय आहाना परियार, ५ वर्षीय एलिसा परियार, ५० वर्षीय पदमा परियार, ५ वर्षीय रिया परियार, २३ वर्षीय रबि परियार, ३७ वर्षीय नृप ढोली, ३८ वर्षीय देवराज भाट, ३० वर्षीय मनसरी परियार, अछाम बान्निगढी १ जयगढ बस्ने ५० वर्षीय इन्द्रसरा परियार रहेका छन् ।

त्यस्तै उक्त दुर्घटनामा कैलाली धनगढी उपमहानगरपालिका–१२, बी गाउँका ३८ वर्षीय हाइस चालक देबबहादुर थापा समेत घाइते भएका छन्।

दुर्घटनापछि प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १४ जनाको टोलीले उद्दार कार्य गरी सबै घाइतेहरूलाई उपचारका लागि कैलालीस्थित पद्म अस्पताल अत्तरियामा पठाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९५६ नम्बरको इभी (E.V.) हाइस् अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय