
सिलगढी/ आज देशका धेरैजसो भागमा आकाश खुला रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, सामान्यतया मौसम सफा रहने भए पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदलीसँगै एक-दुई स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार दिउँसोको समयमा कोशीसहितका अन्य पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने तराई र मध्यभागीय क्षेत्रहरूमा घाम लाग्ने अपेक्षा गरिएको छ।
रातिको समयमा पनि कोशी र गण्डकीका पहाडी इलाकामा आंशिक बदली कायम रहने विभागले जनाएको छ। यद्यपि, देशका अन्य भागमा मौसम खुला नै रहने अनुमान छ।
हाल देशको पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव देखिएको र बाँकी भागमा मनसुनी तथा स्थानीय वायुको कमजोर प्रभाव रहेको विभागको भनाइ छ। यही मिश्रित मौसमी प्रणालीका कारण कतिपय ठाउँमा हल्का बदली र वर्षा भए पनि अधिकांश क्षेत्रमा मौसम स्थिर र सफा देखिएको हो।