सिलगढी
मनसुनजन्य सम्भावित विपद्को जोखिमका कारण असोज १९ र २० गते सार्वजनिक बिदा दिइएता पनि अब पुनः सबै सरकारी सेवा आइतबार (असोज २० गते) देखि सुचारु हुने भएका छन् ।
जिल्ला प्रशासन कार्यालय डोटीका अनुसार गृह मन्त्रालयको निर्देशनअनुसार हाल मौसम सामान्य रहेकाले असोज २० गतेदेखि सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह सुचारु गर्न अनुरोध गरिएको छ
सूचनामा भनिएको छ,
“हाल मौसम सामान्य भईरहेकोले गृह मन्त्रालय (शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखा) को निर्देशनअनुसार यस कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू मिति २०८२/०६/२० देखि सुचारु हुने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ।”











