युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी / देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण बाढी र पहिरोबाट हालसम्म ४३ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि सुरु भएको वर्षाले आइतबार दिउँसो २ बजेसम्म ठूलाे जनधनको क्षति पुर्‍याएको हो ।

सबैभन्दा बढी इलाम जिल्लामा ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता छन् । सोही जिल्लामा एक गर्भवतीसहित दुई जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको प्राधिकरणले जनाएको छ ।

त्यसैगरी, पाँचथरमा पहिरोमा परेर एक जनाको, खोटाङ र उदयपुरमा खोलाले बगाएर एक–एक जनाको र रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । बाढी–पहिरोका कारण हालसम्म पाँच जना बेपत्ता र १२ जना घाइते भएका छन् ।

यसैबीच, भक्तपुरबाट नुवाकोट हुँदै रसुवाको पर्यटकीयस्थल लाङटाङतर्फ गएका चार जना युवा–युवती वेरिङ खोलामा आएको बाढीले बगाएका छन् । १६ जनाको समूहमा यात्रा गर्दै गरेका तीमध्ये मध्यपुरठिमीकी संकृति श्रेष्ठ, किशन श्रेष्ठ, संगीता श्रेष्ठ र भक्तपुर–१० का रवि श्रेष्ठ बेपत्ता रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

उनका अनुसार गोसाइँकुण्ड गाउँपालिका–४ को बेरिङ खोल्सामा आएको बाढीपछि ती चार जनाको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय