इलाम — इलाम जिल्लाका विभिन्न पालिकामा गएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या २५ पुगेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ। जिल्लाका ६ वटा स्थानीय तहमा पहिरोका कारण ठूलो जनधनको क्षति भएको बताइएको छ।
प्रहरीका अनुसार सूर्योदय नगरपालिका–१ मा ५ जना, इलाम नगरपालिका–६ मा ६ जना, देउमाई नगरपालिकामा २ जना, खापखुकपुङ गाउँपालिकामा १ जना, मान्सेबुङ गाउँपालिकामा ३ जना र माइजोकमाइ नगरपालिकामा ८ जनाको ज्यान गएको छ।
सशस्त्र प्रहरीले दिएको जानकारीअनुसार अझै केही व्यक्ति हराइरहेका छन्, जसका कारण मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
पहिरोका कारण दर्जनौँ घरहरू पूर्णरूपमा पुरिएका छन् भने स्थानीय बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएको छ।











