कैलाली / धनगढी उपमहानगरपालिका–२ त्रिनगर व्यारेलबाट लागुऔषधसहित दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार शनिबार दिउँसो धनगढी उपमहानगरपालिका–५ का ३० वर्षीय यलसन चौधरी र घोडाघोडी नगरपालिका–११ का १९ वर्षीय पर्शुराम कठरिया पक्राउ परेका हुन्। चौधरीले चलाइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ प २५६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट एक ग्राम ४४० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकलसहित पक्राउ परेका दुबै जनालाई प्रहरी चौकी त्रिनगरले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ।











