डोटी, असोज १३
डोटीको दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलामा आइतबार बिहान भालुको आक्रमणमा एक युवक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार स्थानीय नन्दबहादुर साउँदका २६ वर्षीय छोरा भिम साउँद बिहान करिब ८ बजे घर नजिकैको खेतमा बाँदर भगाउन गएका बेला जंगली भालुले आक्रमण गरेको हो। आक्रमणबाट उनको बाँया तिघ्रामा चोट लागेको छ।
घाइते साउँदलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको र उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।











