युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी, असोज १२ ।
डोटीको पूर्वीचौकी गाउँपालिका–२ हुणेखोला स्थित सिलगढी–झिग्राना सडक खण्डमा आइतबार दिउँसो पहिरो खस्दा एक जना बालिका बेपत्ता र तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आइतबार दिउँसो करिब २:४० बजे घरतर्फ पैदल हिँडिरहेका बेला माथिबाट आएको पहिरोले जिल्लाकाे सायल गाउँपालिका–४ भाल्माका प्रेम विष्टकी २६ वर्षीया श्रीमती महेश्वरी विष्ट र उनका तीन सन्तानलाई च्यापेको हो।

उक्त घटनामा महेश्वरी विष्ट घाइते भएकी छन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएको छ ।

त्यस्तै उनकी छोरी ५ वर्षीया भगवती विष्ट पहिरोमा बेपत्ता भएकी छन्।
यसैगरी उनका छोरा ७ वर्षीय सबिन विष्ट सामान्य घाइते भएका छन् भने ९ वर्षीया करिष्मा विष्ट पनि सामान्य चोट लागेकी छन्। घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ।

घटनापछि प्रहरी निरीक्षक नवराज रावलको नेतृत्वमा १५ जनाको टोली परिचालन गरी खोजतलास तथा उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख महेन्द्र नेपालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय