सिलगढी – हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रहँदा स्थानीय वायूको आंशिक प्रभाव मात्र देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली मात्र रहनेछ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। अन्य भू–भागका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
रातिको समयमा भने कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। राति पनि पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ।











