कैलाली – धनगढी उपमहानगरपालिका–७ जेपी चोकमा मोटरसाइकल ट्रकसँग ठोक्किँदा दुई युवाले ज्यान गुमाएका छन्।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी टेकबहादुर जोराका अनुसार, मृत्यु हुनेमा धनगढी–१२ का १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवर रहेका छन्। दुवैलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। मृतककाे शव परीक्षणका लागि अस्पतालमै राखिएको छ।
सडक किनारमा पार्क गरिएको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
यस घटनापछि ट्रक र चालक, चुरे गाउँपालिका–३ का २९ वर्षीय प्रकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।











