कैलाली – धनगढी–३ बोराडाँडीका वीरेन्द्र चन्द बुधबार राति सम्पर्कविहीन भएपछि प्रहरीले अनुसन्धानका क्रममा तीन जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार, गोदावरीका विनोद शाह, गोविन्द शाक्य र भरत बोहरा पक्राउ परेका हुन्। उनीहरू चन्दसँगै खाजा खाएका थिए।
प्रहरीका अनुसार, चारै जना राति सँगै रहेका बेला चन्द अचानक सम्पर्कविहीन भएका थिए। परिवारले चन्द घर नफर्केपछि प्रहरीमा जाहेरी दिएको थियो।
हाल चन्दको अवस्था अज्ञात रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका तीन जनामाथि इलाका प्रहरी कार्यालय मालाखेतीमा सोधपुछ भइरहेको छ।











