कैलाली – धनगढी उपमहानगरपालिका–१ मा रहेको सडकलाई जेनजी आन्दोलन र शहीदहरूको सम्मानमा ‘जेनजी मार्ग’ नामकरण गरिएको छ। पार्कमोड, कभर्ड हल हुँदै क्याम्पस रोड जोड्ने सो सडकलाई यो नाम दिइएको हो।
नगर प्रमुख गोपाल हमालले जेनजी आन्दोलन सफल भएपछि सडकको नामकरण गर्ने घोषणा गरेका थिए। घोषणा पश्चात्, जेनजीहरूले नै सडकमा ‘जेनजी मार्ग’ लेखिएको बोर्ड विभिन्न स्थानमा राखेका छन्, वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले जानकारी दिएका छन्।
वडा अध्यक्ष ऐरका अनुसार, नगर प्रमुखको घोषणाअनुसार सडकको नामकरण प्रस्ताव कार्यपालिकाको बैठकबाट पारित गरिने प्रक्रिया अघि बढाइँदैछ।











