युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

बैतडी /दाइन–दमाहा बखर्ने पेसा सङ्कटमा पर्न थालेको छ । परम्परागत रूपमा छालाको काम गर्दै आएका शिल्पी समुदायको पेसाको संरक्षण नहुँदा पुराना पुस्तासँगै दमाहा बखर्ने सिप लोप हुन थालेको हो ।

आरनमा तामा पगालेर दाइन–दमाहाको स्वरूप तयार भएपछि छालाको काम गर्ने सार्की समुदायका व्यक्तिकहाँ लगेर गोरुको छाला मोरेर दमाहा बखर्ने काम सकेपछि मात्रै बाजा तयार हुन्छ । पछिल्लो समय नयाँ पुस्ताका युवा विदेश पलायन हुन थालेपछि दमाहा बखर्ने सिप लोप हुने अवस्थामा पुगेको शिल्पकार नरुवा भुलले बताउनुभयो ।

दशरथ चन्द नगरपालिका–४, बाडीलेकका नरुवा भुल बस्तीका एक्ला दमाहा बखर्ने शिल्पकार हुनुहुन्छ । यो पेसा अँगालेर जीविका नचल्ने भएकाले नयाँ पुस्ताले चासो नदिएको उहाँले बताउनुभयो । उहाँले एउटा दमाहा बखरेको सात सय रुपियाँ ज्याला लिने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षमा एक÷दुई चोटि मात्रै दमाहा बखर्ने काम आउने गरेको छ । नियमित काम नहुँदा हातमुख जोर्न धौ धौ हुन्छ । यो सिप सिकेर गुजारा नहुने भएपछि नयाँ पुस्ताले चासो दिएको छैन ।”

दमाहा बखर्ने समुदायलाई समाजले सम्मानका दृष्टिले नहेर्ने गरेको पनि उहाँको गुनासो छ । छालाको काम गरेकै कारण जातीय छुवाछुत हुने गरेको पीडा उहाँले सुनाउनुभयो । स्थानीय तहको सरकारले सिप र पेसाको संरक्षणका लागि योजना बनाउन नसके केही वर्षपछि जिल्लामा दमाहा बखर्ने मानिस भेट्न मुस्किल हुने उहाँले बताउनुभयो । दमाहा बखर्न गोरुको छाला आवश्यक पर्ने भएकाले केही कानुनी अडचनसमेत रहेको उहाँले बताउनुभयो ।

दमाहा ढोग्ने चलन

सुदूरपश्चिमका अधिकांश मन्दिरमा लाग्ने मेला, पर्वमा दाइन–दमाहा नभई पूजाआजा हुँदैन । दमाहालाई देउताको बाजाका रूपमा ढोग्ने चलनसमेत छ । यद्यपि दमाहा बखर्ने समुदायलाई भने जातकै कारण अधिकांश मन्दिरमा विभेद हुने गरेको शिल्पी समुदायका अगुवा राजुराम भुलले बताउनुभयो । दलित समुदायको पेसा र सिपको संरक्षण गर्न राज्य नै तयार हुनुपर्ने उहाँले बताउनुभयो । अहिलेसम्म शिल्पी समुदायका परम्परागत सिपको पहिचान, संरक्षण र नयाँ पुस्तालाई सिप सिक्ने अवसरका लागि कतैबाट पनि योजना नबनेको यो समुदायको गुनासो छ । गाेरखापत्रबाट

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय