कर्ण चन्द, डोटी / डोटी जिल्लाका ९ स्थानीय तहका स्वास्थ्य संयोजकलाई सम्मान गरिएको छ ।
नोभेल कोरोना भाईरस कोभिड १९ मा अग्रपंक्तिमा रहेर सेवा प्रवाह गरेको भन्दै स्वास्थ्य कार्यालय डोटीले ९ जना स्वास्थ्य संयोजकलाई सम्मानका गरेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए ।
सम्मानित हुनेहरूमा दिपायल सिलगढी नगरपालिका गणेश भण्डारी, शिखर नगरपालिका हरिश शाह, बोगटान फुड्सिल प्रेम बोगटी, केआईसिंह तिलबहादुर बोहरा, बडीकेदार योगेन्द्र शाही, पुर्विचौकी राजु खड्का, आदर्श बमबहादुर खड्का, सायल शिबराज भट्ट र जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोबिन्द बिष्ट रहेका छन् । उनीहरुलाई टोपी लगाई दोसल्ला ओडाएर सम्मान पत्र सहित सम्मान गरिएको हो ।
आर्थिक बर्ष ०७६।०७७ को जिल्ला स्तरीय बार्षिक समिक्षा तथा कोभिड १९ सम्बन्धि गोष्ठीको समापन कार्यक्रममा स्वास्थ्य संयोजकलाई सम्मान गरिएको हो ।
महामारीको समयमा खटेका सबै स्वास्थ्यकर्मीलाई सम्मान गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी भिम प्रशाद भट्टराईले बताए । उच्च जोखिमका बिचमा २४ घण्टा काम गर्ने स्वास्थ्यकर्मीलाई सरकार र जनताले आत्मदेखी सम्मान गरिरहेको प्रजिअ भट्टराईले बताए ।