कैलाली /कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्व–पश्चिम राजमार्गमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको ज्यान गएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ८४५४ नम्बरको बस र विपरीत दिशाबाट आएको सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा डडेल्धुराको अजयमेरु गाउँपालिका–४ भलकुडा निवासी ३१ वर्षीय दर्शन सिंह भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
दुर्घटनापछि गम्भीर घाइते भएका भाटलाई उपचारका लागि घोडाघोडी अस्पताल सुखड पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।
प्रहरीका अनुसार बस चालक कञ्चनपुर भीमदत्त नगरपालिका–४ का ३४ वर्षीय अम्मर सिंह बुढाऐरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ।











