सिलगढी /मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान वरिपरि रहेको छ। साथै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाले मनसुनी क्रियाकलाप सक्रिय बनेको छ।
आज दिउँसो देशभर सामान्यतया बादल रहने विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी भूभागका धेरै स्थानमा तथा अन्य भागका केही क्षेत्रमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
त्यसैगरी कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने सम्भावना छ।
आज राति पनि अधिकांश स्थानमा बादल रहने विभागले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने बाँकी भूभागका केही स्थानमा पनि वर्षा पर्न सक्ने सम्भावना छ।











