युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौ /पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सहमति अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शुक्रबार बिहानै नियुक्ति गरी शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपतिका प्रेस विज्ञ किरण पोखरेलका अनुसार शपथग्रहण समारोह बिहान ९ बजे शीतलनिवासमा हुने तय भएको छ। यसअघि कार्कीसहितको टोली राष्ट्रपति निवासमा पुगेर अन्तिम छलफल सम्पन्न भएको थियो।

छलफलमा कार्कीसँगै जेनजी आन्दोलनका अभियन्ता तथा ‘हामी नेपाल संस्थाका’ अध्यक्ष सुदन गुरुङ र अधिवक्ता ओमप्रकाश अर्याल सहभागी थिए।

यद्यपि संसद् विघटनको प्रश्नमा भने सहमति जुट्न सकेको छैन। दुवै पक्ष आ–आफ्नो अडानमा अड्किँदा त्यसबारे टुंगो नलागेको बताइएको छ। पोखरेलका अनुसार कार्कीको औपचारिक नियुक्तिपछि संसद् विघटनसम्बन्धी निर्णयबारे थप प्रष्टता आउनेछ।

यसअघि जेनजी आन्दोलनको दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएका थिए। असामान्य राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपति पौडेलले सोही दिन राजीनामा स्वीकृत गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय