युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी /जेनजी आन्दोलनको भिडलाई उपयोग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले सहकारी ठगी मुद्दामा थुनामा रहेका रवि लामिछानेलाई कारागारबाहिर ल्याएको हल्ला फैलिएपछि सुदूरपश्चिमका अधिकांश जिल्लामा कैदीबन्दी भाग्ने लहर चलेको छ।

बाजुरा, अछाम र डोटी कारागारबाहेक प्रदेशका सबै कारागारबाट कैदी भागेका छन्। डोटीस्थित बाल सुधारगृहका बन्दी समेत आन्दोलनकारीको सहयोगमा फरार भएका छन्।

प्रदेशभरका कारागार र सुधारगृहबाट गरी १,३३१ जना कैदीबन्दी बाहिरिएको जनाइएको छ। तीमध्ये ६० जनालाई प्रहरीले पक्राउ गरी पुनः कारागार चलान गरेको छ।

कैलाली कारागारबाट मात्रै ६१२ जना भागेका थिए। हालसम्म दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। बाँकीको खोजी जारी छ।

त्यस्तै, डडेल्धुरा कारागारबाट भागेकामध्ये ३१ जनालाई पुनः नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। मंगलबार ८५ जना कैदी एकैपटक भागेका थिए। बाँकीकै खोजीमा नेपाल प्रहरी र सेनाको संयुक्त टोली खटिएको छ।

बझाङ कारागारबाट ८५ कैदीमध्ये ६६ जना फरार भएका छन्। तीमध्ये पाँच जना पुनः पक्राउ परेका छन्।

अछाम कारागारमा भने बुधवार बिहानै कैदीबन्दीका आफन्त र सुरक्षाकर्मीबीच झडपको स्थिति बनेको थियो। देशभर कैदी छोडिएको भन्दै आफन्तले दबाब दिँदा स्थिति तनावपूर्ण बनेको हो।

बैतडी कारागारबाट पनि मंगलबार साँझ ६२ जना कैदी भागेका छन्। खोजी कार्य जारी रहेको प्रशासनले जनाएको छ।

कञ्चनपुर कारागारमा रहेका ४७६ मध्ये २२ जना मात्र भित्रै बसेका छन्। बाँकी सबै फरार भएका छन्। प्रहरीका अनुसार १३ पुरुष र ९ महिला कैदीले कानुन नउल्लंघन गर्ने भन्दै भाग्न अस्वीकार गरेका हुन्।

यसैगरी, डोटीको बाल सुधारगृहका ५२ जना बालबन्दी समेत फरार भएका छन्। तर डोटी जिल्ला कारागारमा रहेका कैदी भने यथावत रहेको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय