सिलगढी /डोटीको दिपायल सिलगढी नगरपालिका–७, पाकरीस्थित सिसा मौरा आर्यघाट नजिक एक पुरुषको शव भेटिएको छ।
स्थानीय स्राेतका अनुसार गाउँका मानिस मलामी गएको बेला दुर्गन्ध आएपछि खोजी गर्ने क्रममा ढुङ्गाबीच शव भेटिएको जनाएको छ ।
शवको पहिचान खुलेको छैन। तर कपाल सेतो भएको कारण करिब ६० वर्षमाथिको पुरुष हुन सक्ने अनुमान गर्न सकिने स्थानीयले बताएकन छन्।
घटनाबारे प्रहरीलाई भरखरै सूचना प्राप्त भएकाे डाेटी प्रहरीकाे भनाइ छ ।











