युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौँ, भदौ २५ गते
‘जेनजी आन्दोलन’का क्रममा मंगलबार राजधानीका दुई अस्पतालमा थप चार जनाले ज्यान गुमाएका छन्। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा तीन जना र तारकेश्वर सिटी अस्पतालमा एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

सिभिल अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीका अनुसार मंगलबार दिउँसो मात्रै ११५ जना घाइते उपचारका लागि आएका थिए। तीमध्ये तीन जनाको मृत्यु भएको र सबै पुरुष रहेको जानकारी उनले दिए। ती घाइतेहरूको पहिचान भने हुन सकेको छैन।

अघिल्लो दिन मात्र २७ जनाको शल्यक्रिया भएको अस्पतालले मंगलबार बहिरङ्ग (ओपीडी) सेवा बन्द गर्दै आन्दोलनमा घाइते भएकाहरूको उपचारलाई प्राथमिकता दिएको छ। दिउँसो १२ बजेसम्मको विवरणअनुसार ४२ जना अन्यत्र रेफर भएका, १५५ जनाले सामान्य उपचारपछि डिस्चार्ज पाएको र २२७ जनाको उपचार भइरहेको अस्पतालले जनाएको छ।

त्यस्तै, तारकेश्वर सिटी अस्पतालमा उपचारका क्रममा २५ वर्षीय धीरज श्रेष्ठको मृत्यु भएको छ। उनको घाँटीमा गोली लागेकाले जीवन बचाउन नसकिएको अस्पतालका अध्यक्ष डा. ऋषिकुमार कार्कीले जानकारी दिए। सोही अस्पतालमा उपचारमा रहेका १५ भन्दा बढीमध्ये दुई जनाको गोली निकाल्ने शल्यक्रिया भई अहिले आइसियुमा उपचार भइरहेको छ।

यसैबीच राष्ट्रिय ट्रमा सेन्टरमा मंगलबार थप २६ जना घाइते भर्ना भएका छन्। अस्पताल प्रमुख डा. बद्री रिजालका अनुसार सात जनाको शल्यक्रिया गरिएको छ भने अघिल्लो दिन राति मात्र २३ जनाको शल्यक्रिया गरिएको थियो।

अन्य स्वास्थ्य संस्थामा पनि घाइतेहरूको उपचार भइरहेको छ। वीर अस्पतालमा १० जना, त्रिवि शिक्षण अस्पतालमा २२ जना (जसमध्ये ३ जनाको शल्यक्रिया भएको) र काठमाडौँ मेडिकल कलेजमा १६ जना उपचाररत रहेको अस्पताल प्रशासनले जनाएको छ।

यता, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने अहिलेसम्मको समग्र तथ्याङ्क सार्वजनिक गर्न नसकेको जनाएको छ। मन्त्रालयका डा. नवराज जोशीका अनुसार आन्दोलनकारीले मन्त्रालयमै तोडफोड र आगजनी गरेकाले तथ्याङ्क सङ्कलनमा कठिनाइ भएको छ। उनले मातहतका सबै अस्पताललाई घाइतेको निःशुल्क उपचार गर्न निर्देशन दिइसकिएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय