कैलाली । धनगढी उपमहानगरपालिका–७ मनेहराका २० वर्षीय युवक पक्राउ परेका छन् । स्थानीय कनैया राना पक्राउ परेका हुन् ।
लागूऔषध मुद्दामा जिल्ला अदालत कैलालीले २९ दिन कैद सजाय तोकेको राना फरार रहेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले शुक्रबार घरमै गई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।











