सिलगढी। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले आज दिउँसो देशभर साधारणतया बदली हुने पूर्वानुमान गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।
आज राति कोशी प्रदेशलगायत पहाडी भू–भागमा साधारण बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। पहाडी भू–भागका केही स्थान र तराईका थोरै क्षेत्रमा मध्यम वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ।











