कञ्चनपुर /कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २० वर्षीय बलिभद्र राना बल्मा नदीमा बगेर बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बाहेराका अनुसार मंगलबार दिउँसो नदीको साइफनमा हाम फालेपछि राना हराइएका हुन्।
घटनापछि बेपत्ता युवकको खोजीका लागि १२ जना प्रहरी परिचालन गरिएको छ। साथै विपद् व्यवस्थापन महेन्द्रनगर गुल्मबाट थप ६ जना सुरक्षाकर्मी समेत पठाइएकाले खोजी कार्यलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।
आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका नदी–नालामा पानीको सतह बढेकोले दुर्घटना हुने सम्भावना बढेको भन्दै स्थानीयवासीलाई सतर्क रहन समेत प्रहरीको आग्रह छ।











