युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी  / विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना कहरका विच सुदुरपश्चिम प्रदेशमा गत चैत्र देखी हाल सम्म १ सय ५० बलात्कार सम्वन्धीका मुद्दा दर्ता भएका छन् ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकका आधारमा प्रदेशभरमा ६ महिलाको अबधिमा उक्त संख्यामा जबरजस्ती करणी र उद्योगका मुद्दाहरु दर्ता भएका हुन् ।

गत चैतमा मात्र प्रदेशका ५ जिल्लामा १४ वटा बलात्कार सम्वन्धी घटनाहरु दर्ता भएका छन् । प्रदेशको राजधानी समेत रहेको कैलाली जिल्लामा चैत्र महिनामा मात्र ६ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै कञ्चनपुर जिल्लामा ३, बाजुरा र बझाङ जिल्लामा २-२ र बैतडी जिल्लामा एक वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय श्रोतले जनाएको छ ।

त्यस्तै बैशाख महिनामा प्रदेशका ६ वटा जिल्लामा जबरजस्ती सम्वन्धीका १४ वटा दर्ता भएका छन् । कैलालीमा ८, कञ्चनपुरमा ३ र डोटी, अछाम, बाजुरा र दार्चुला जिल्लाहरुमा १-१ वटा मुद्दाहरु दर्ता भएका हुन् ।

गत जेष्ट महिनामा जबरजस्ती करण र करणी उद्योगका २८ मुद्दा दर्ता भएका छन् । जेष्ट महिनामा करणीका २३ र उद्योगका ५ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै गत असार महिना प्रदेशभरमा जबरजस्ती करणी सम्वन्धीका सबै भन्दा बढी मुद्दाहरु दर्ता भएका छन् । असार महिलामा जबरजस्ती करणीका र करणी उद्योग गरि ३७ मुद्दा दर्ता भएका हुन् । उक्त महिनामा २१ वटा मुद्दा प्रदेशको राजधानी कैलालीमा मात्र दर्ता भएका छन् ।

त्यस्तै श्रावण महिनामा प्रदेशभरमा जबरजस्ती करणी सम्वन्धीका ३२ मुद्दा दर्ता भएका छन् । सो महिनामा करणीका २१ र उद्योगका ११ मुद्दा दर्ता भएका हुन् । त्यस्तै भाद्र महिनामा प्रदेशभरमा १५ ओटा करणी सम्वन्धीका मुद्दा दर्ता भएका प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रदेशका ९ ओटै जिल्लाहरुको तथ्यांकलाई हेर्ने हो भने गएको ६ महिनामा सबै भन्दा बढी प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा करणी सम्वन्धी मुद्दा दर्ता भएको देखीन्छ । करणी तथा करणी उद्योगमा दर्ता भएका मुद्दाहरुमा पिडित रहेकामा बालबालिका तथा किसोरीहरुको संख्या बढी रहेको छ । मुद्दा दर्ताको प्रकृति हेर्दा सामुहिक बलात्कारका घटनाहरु समेत रहेको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय