बझाङ /बझाङको सुर्मा गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ कोलपाटामा मंगलबार राति करिब ८ बजे भएको दुर्घटनामा धनगढी उपमहानगरपालिका–३ का ४५ वर्षीय रणबहादुर नेगीको घटनास्थलमै मृत्यु भएको हो।
दौलिगाड क्षेत्रमा अवरुद्ध भएको सडक मर्मतका लागि जेसिबी पठाइएकाे थियो। सडक खुलाउने क्रममा अचानक जेसिबी अनियन्त्रित भई पल्टिँदा नेगीको ज्यान गएको प्रहरी अधिकारी गणेशसिंह महराले जानकारी दिए।
उक्त दुर्घटनामा सुर्मा गाउँपालिका–३ काँटैका रवी बोहरा र वडा नं. ५ का धर्मराज जेठारा घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जनाएको छ।











