युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /कैलाली प्रहरीले ५ किलो ६९० ग्राम चरेश र ४ ग्राम ९० मिलिग्राम खैरोइनसहित पाँच जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो धनगढी शाखा, वडा प्रहरी कार्यालय धनगढी र त्रिनगर प्रहरी चौकीबाट खटिएको संयुक्त टोलीले धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलमा चेकजाँच गर्ने क्रममा पहिलो पक्राउ गरेका हुन्।

३५ वर्षीय बिरबहादुर रावल (डोटी, हाल गोदावरी–१) लाई सुदूरपश्चिम प्रदेश ०४००१ प ०६६५ नम्बरको मोटरसाइकलसहित पक्राउ गर्दा उनको साथबाट २ ग्राम ७६० मिलिग्राम खैरोइन बरामद भएको प्रहरीले जनाएको छ।

सोही क्रममा ३२ वर्षीय मोहन मल्ल (चुरे–३) को मोबाइल खोलभित्र लुकाइराखेको ५९० मिलिग्राम खैरोइन पनि बरामद भएको छ।

यस्तै, धनगढी–२ मिलनचोकस्थित राम बोहरा (बझाङ, हाल धनगढी–२) को होटलमा प्रहरीले चेकजाँच गर्दा ५ किलो ६९० ग्राम चरेश बरामद भएको छ।

त्यस्तै, धनगढी–१२ जुगेडाबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल (सुदूरपश्चिम प्रदेश ०१०१३ प २३४५) चालक २३ वर्षीय बिजय विक र पछाडिबाट सवार २२ वर्षीय प्रदिप रानालाई नियन्त्रणमा लिँदा ७४० मिलिग्राम खैरोइन बरामद भएको छ।

पक्राउ परेका पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक तथा सह–प्रवक्ता लोकराज जोशीले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय