बझाङ /बझाङको जयपृथ्वी नगरपालिका–१ डुङ्ग्री खोलास्थित कुयापानी क्षेत्रमा एक जना पुरुष मृत भेटिएका छन्।
मृतक सोही नगरपालिका–१, भण्डारका ५५ वर्षीय रामचन्द्र बोहरा रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।
उनी बुधबार बिहान मृत अवस्थामा फेला परेका हुन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











