युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

काठमाडौं ।नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई एक महिलाको चरित्र हत्या गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ।

साइबर ब्युरोका एसपी दीपक अवस्थीका अनुसार ५ भदौमा हुलाकमार्फत परेको उजुरीपछि महरविरुद्ध अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। जिल्ला अदालत, काठमाडौँले ९ भदौमा पक्राउ अनुमति दिएपछि बुधबार उनी सोधपुछका लागि उपस्थित हुँदा पक्राउ गरिएको हो।

जाहेरीमा महरमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ उल्लङ्घन गरेको दाबी गरिएको छ। यस दफामा अनलाइन वा डिजिटल माध्यममार्फत अपमानजनक, अश्लील, द्वेष फैलाउने वा सार्वजनिक शिष्टाचारविरुद्धका सामग्री प्रकाशित वा प्रसारण गर्ने कार्यलाई दण्डनीय मानिएको छ। यसअन्तर्गत एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

साइबर ब्युरोका एक अधिकारीका अनुसार, महरले सामाजिक सञ्जालमा लाइभमार्फत पीडित भनिएकी महिलाको चरित्र हत्या गरेको अभियोग छ। यसअघि सो महिलाले महरमाथि बलात्कार गरेको भन्दै उजुरी दर्ता गर्न खोजेकी थिइन्, तर प्रारम्भिक चरणमा प्रहरीले उजुरी नलिएपछि पाटन उच्च अदालतको आदेशमा मात्र अनुसन्धान अघि बढाइएको थियो।

यता, सो महिलामाथि पनि विद्युतीय कारोबार ऐन अन्तर्गतकै अभियोगमा पक्राउ गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय