बाजुरा /बाजुराको बडिमालिका नगरपालिका–८, मार्तडी बजार नजिक प्रहरीले दुई युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा बडिमालिका–९ का २७ वर्षीय लक्ष्मण विक र कैलाली, गौरीगंगा नगरपालिका–१ चौमालाका ३१ वर्षीय दिपेन्द्र घर्ती मगर रहेका छन्।
प्रहरीका अनुसार उनीहरूलाई गएराती राति करिब १० बजे नियन्त्रणमा लिएकाे हाे । उनीहरूको साथबाट १० ग्राम चरेस र १०० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। पक्राउ परेका दुवैलाई जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।











