कैलाली /कैलाली कारागारमा एक थुनुवाकाे मृत्यु भएकाे छ । जिल्लाकाे टीकापुर नगरपालिका–४ का ५६ वर्षीय रामकिसन चौधरी सोमबार दिउँसो कारागारमै मृत फेला परेका प्रहरी स्राेतले जनाएको छ । चौधरीलाई टाउको दुख्ने र रिंगटा लागेको अवस्था देखिएपछि तत्काल धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो। अस्पताल पुगेको केही बेरमै चिकित्सकले उनलाई मृत घोषणा गरेकाे जनाएको छ ।
कारागार प्रमुख प्रकाश ढुङ्गानाका अनुसार, मृत्युको ठोस कारण अहिलेसम्म पत्ता लागेको छैन। चौधरी जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि कारागारमा बसेको जनाइएको छ।











