युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /कैलालीको जानकी गाउँपालिका–६, कर्णाली नदी नजिकको वन क्षेत्रमा नयाँ प्रजातिको कछुवा भेटिएको छ। खपटामा ताराजस्तै ढाँचा भएको यो कछुवा इन्डियन स्टार कछुवा भएको विशेषज्ञहरूले पुष्टि गरेका छन्।

भारत, पाकिस्तान र श्रीलंकामा पाइने यो प्रजाति नेपालमा यसअघि अभिलेख नभएको सरिसृप विज्ञ प्रा. करनबहादुर शाहले जानकारी दिनुभयो। उहाँका अनुसार, “यो प्रजाति नेपालमा अहिलेसम्म भेटिएको थिएन, यसले नेपालको जैविक विविधतामा नयाँ अध्याय थपेको छ।”

भदौ ३ गते बाख्रा चराउन गएका बालबालिकाले उक्त कछुवा देखेपछि उद्धार गरिएको थियो। संरक्षणकर्मी विजयराज श्रेष्ठका अनुसार, बालबालिकाले देखेको खबर पाएपछि टोलीसँगै पुगेर कछुवालाई सुरक्षित रूपमा सोही दिन प्राकृतिक बासस्थानमै छाडिएको हो।

कछुवा कैलाशेश्वर र जगतपुर सामुदायिक वन आसपासको क्षेत्रमा भेटिएको हो। संयोगवश उक्त क्षेत्रमा अनुगमनका लागि पुगेका श्रेष्ठ र स्थानीयहरूले नै उद्धार कार्यमा सहयोग गरेका थिए।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा रहेको इन्डियन स्टार कछुवा दुर्लभ र संवेदनशील प्रजाति मानिन्छ। नेपालमा पहिलो पटक भेटिएकाले यसले संरक्षण र अध्ययन दुवै दृष्टिले महत्त्वपूर्ण योगदान पुर्‍याउने विज्ञहरूको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय