युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली,
कैलालीको गौरीगङ्गा नगरपालिकामा नगरप्रमुख देवीदत्त कँडेलमाथि गम्भीर प्रश्न उठेको छ। आरोप अनुसार नगरपालिकाको राजस्व रकम ठेकेदारसँगको मिलेमतोमा उनको आफ्नै निजी मनकामना पेट्रोल पम्पको खातामा जम्मा भएको पाइएको हो।

घटनाअनुसार वडा नं. ४ अन्तर्गतको जोगनिया तालको ठेक्काबाट उठेको करिब पाँच लाख रुपैयाँ दुई वर्षअघि पेट्रोल पम्पको खातामा पुगेको खुलेको छ। नगरप्रमुख कँडेलले भने आफूले जानाजानी रकम पेट्रोल पम्पमा हाल्न नलगाएको र ठेकेदारसँग पुरानै कारोबार भएकाले रकम सोही खातामा गएको हुनसक्ने दाबी गरेका छन्।

तर वडा नं. ९ का वडाध्यक्ष राजकुमार थारू भन्छन्, “कार्यपालिकामा कुरा उठेपछि नगरप्रमुखले गल्ती स्वीकार गर्दै पैसा फिर्ता गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। तर अहिलेसम्म रकम राजस्व शाखामा दाखिला भएको छैन।”

ठेक्का लिने ठेकेदार मोहन गिरीले पनि रकम दुई पटक पेट्रोल पम्पमै राखेको स्वीकार गरेका छन्। उनले भने, “नगरप्रमुखसँग पुरानो कारोबार भएकाले सजिलो ठानेर पेट्रोल पम्पमै जम्मा गरें। पछि आवश्यक पर्दा रकम फिर्ता पनि लिएँ।”

यता, राजस्व शाखाका प्रमुख चित्रराज जोशीले दुई पटक पत्राचार गरेर पनि रकम पालिकाको खातामा नआएको जनाए। स्थानीयबासीहरूले यो विषयलाई गम्भीर ठहर गर्दै छानबिन समिति गठन गर्नुपर्ने माग गरेका छन्।

जोगनिया ताल मात्र होइन, गौरीगङ्गा नगरपालिकाका अन्य तालहरू पनि ठेक्कामा दिइएका छन् तर कति पैसामा, कसलाई दिइयो भन्नेबारे पालिकासँग ठोस अभिलेख नै छैन।

यसअघि पनि नगरप्रमुख कँडेल र प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीबीच विवाद बढ्दा नगरप्रमुखका आफन्तद्वारा कार्यकक्षमै आक्रमणसमेत भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय