कैलाली । थारू समुदायको अट्वारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भाेली आइतबार ८ गते प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमार्फत बिदाबारे जानकारी दिँदै यसअघि प्रकाशित साउन २५ गतेको मिति संशोधन गरिएको उल्लेख गरेको छ। थारू समुदायले मनाउने अट्वारी पर्व यस वर्ष भदौ ८ गते परेको कारण नयाँ मिति तोकिएको हो।
कैलाली र कञ्चनपुरमा बसोवास गर्ने थारू समुदायले अट्वारी पर्व विशेष धुमधामका साथ मनाउने परम्परा छ। पर्व दुई दिनसम्म मनाइने भएकाले कैलारी गाउँपालिका लगायतका थारू बहुल स्थानीय तहहरूले दुई दिनसम्म स्थानीय बिदा पनि घोषणा गरेका छन्।











