युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कैलाली /सुदूरपश्चिम प्रदेश सरकारले ‘सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९’ विपरीत तीन जना डिभिजनल वन अधिकृत (डिएफओ) लाई सरुवा गरेपछि विवाद चुलिएको छ। कानुनविपरीत गरिएको सरुवा न्यायालयसम्म पुगेपछि प्रदेश सरकारको निर्णयप्रति गम्भीर प्रश्न उठेका छन्।

प्रदेश सरकारले गत साउन ३० गते डिभिजन वन कार्यालय धनगढीका प्रमुख कृष्णदत्त भट्टलाई पहलमानपुर, पहलमानपुरका रामचन्द्र कँडेललाई कञ्चनपुर र कञ्चनपुरका रामविचारी ठाकुरलाई धनगढी पठाउने निर्णय गरेको थियो। तर, भट्ट र कँडेलले कानुनी समयावधि पूरा नहुँदै गरिएको सरुवाविरुद्ध उच्च अदालत दिपायलमा रिट दायर गरेका छन्।

प्रारम्भिक सुनुवाइपछि अदालतले भदौ ५ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सरुवाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।

निजामती सेवा ऐनले ११ र १२ औं तहभन्दा तलका कर्मचारीलाई दुई वर्ष पूरा नगरी सरुवा गर्न नपाइने व्यवस्था गरेको छ। तर नौ महिनामै सरुवा गरिएको भन्दै प्रभावित अधिकृतहरूले ऐनको प्रत्यक्ष उल्लङ्घन भएको दाबी गरेका छन्। अशक्तता, उपचार सम्भव नभएको अवस्था, विशेष जिम्मेवारी, विभागीय कारबाही वा दरबन्दी कटौती जस्ता अपवादबाहेक अवधि नपुग्दै सरुवा गर्न पाइने प्रावधान छैन।

अदालतको आदेशपछि विवाद थप चुलिएको छ। आदेशविपरीत सरुवा भएका अधिकृत रामविचारी ठाकुरले भने धनगढीमा हाजिर गरिसकेको अधिवक्ता गम्भीरसिंह ऐरले बताएका छन्। न्याय प्रशासन ऐन, २०७३ अनुसार अदालतको आदेश उल्लङ्घन गर्नेलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

सरोकारवालाहरूले अदालतको आदेशलाई बेवास्ता गर्ने अधिकारीहरूलाई समेत कानुनी दायरामा ल्याउन माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय